निर्देशकको सन्देश

नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत क्षयरोग उपचार केन्द्र, पोखराको स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ । यस कार्यालयको कार्य क्षेत्र गण्डकी प्रदेश अन्तरगतका सम्पुर्ण जिल्लाहरु रहेको र हाल पोखरा महानगरपालिकामा अवस्थित रहेको छ ।

गण्डकी प्रदेश, क्षयरोग उपचार केन्द्रको वेबसाइट क्षयरोगसंग सम्बन्धित विभिन्न सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले क्षयरोग उपचार केन्द्रका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई वेबसाइटमा स्वागत गर्दछु।  

डा. सुप्रिया पौड्याल

नि. निर्देशक