हाम्रो बारेमा

गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र, प्रदेशमा क्षयरोगसंग सम्बन्धित प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। क्षयरोग उपचार केन्द्रले प्रदेशमा क्षयरोगको उचित उपचार र व्यवस्थापन सुनिश्चित गर्दछ ।

यस कार्यालयको मुख्य जिम्मेवारी निम्न अनुसारको कार्यहरु संचालन गर्ने/गराउने रहेको छ:

गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रही प्रदेशमा क्षयरोगसंग सम्बन्धित उपचारको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

· प्रदेशमा क्षयरोगसंग सम्बन्धित सम्पुर्ण उपचार र व्यस्थापन सुनिश्चित गर्ने ।
· प्रदेशमा क्षयरोग उपचारसंग सम्बन्धित जनशक्तिको आवश्यकता निर्धारण गर्ने।
· प्रदेशमा क्षयरोगको ब्यापक निगरानी गर्ने ।
· क्षयरोगसंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार प्रकाशित गर्ने ।